जनकपुरधाम। धार्मिक तथा पर्यटकीय नगरी जकनपुरधामको धार्मिक एवं पर्यटकीय संभावना विषयमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले चासो व्यक्त गरेका छन्। सोमबार जकपुरस्थित जानकी मन्दिर क्षेत्रको अवलोकन गरेका राज्यमन्त्री मण्डलले जनकपुरधामको प्रचार प्रसार गरी पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारले योजना बनाइ रहेको बताए।
त्यसक्रममा उनले धनुषाधाम संरक्षित वनको पनि अवलोकन गरेका थिए। ३५० हेक्टरमा फैलिएको धनुषाधाम संरक्षित वनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। राज्यमन्त्री मण्डलले स्थानीय वासीको सहयोगमा नै वन क्षेत्रको संरक्षण हुने भन्दै वातावरण संरक्षणको स्थानीयको सहयोग आवश्यक रहेको बताए। उक्त वन क्षेत्रमा रुख कटान तथा चौपाया चरणमा पूर्णरुपमा निषेध गरिएको छ।
राज्यमन्त्री मण्डलले नेपालको सम्पत्ति वन क्षेत्र रहेको उल्लेख गर्दै प्रदेश सरकारको ध्यान पर्यावरण जोगाउनमा केन्द्रित रहेको बताए। उनले पर्यावरणलाई बढावा दिन वन भित्र निल गाई, कछुवा किङ कोब्रा जस्ता प्राणीको संरक्षण केन्द्र विस्तार गर्ने योजना रहेको सुनाए।
उनले धार्मिक पर्यटक छोटो समयसम्म मात्र जनकपुरमा रहने र उनीहरुको बसाइ लम्ब्याउन र पर्यवरणको विकास गर्नुपर्ने उनको भनाइ थियो।
राज्यमन्त्री मण्डलले प्रदेश सरकार केन्द्र सरकारको चेपुवामा परेका कारण सोचेजस्तो काम गर्न नसकिएको दाबी गरे।
उनले वन, पर्यटन उद्योग तथा वातावरणीय विकासकालागि प्रदेश सरकारले प्रदेश वन नीति ल्याउने लागेको जानकारी दिँदै प्रदेश सुहाउँदो विकासको अवधारणा र कार्यक्रमसहित अगाडि बढ्ने योजना सुनाए। दुई नम्बर प्रदेशमा २७.४९ प्रतिशत र नेपालको ४.३६ प्रतिशत वन क्षेत्रफललाई बढाउन हरित प्रदेश अभियान दुई नम्बर प्रदेशमा संचालित छ।
डिसी नेपाल





