बाल सुधारगृह नहुँदा समस्या

नवलपरासी – पूर्वी नवलपरासी जिल्लामा बाल सुधारगृह नहुँदा समस्या देखिएको छ । हाल यस जिल्लामा बाल सुधारगृह नहुँदा बालबालिकालाई पोखरास्थित बाल सुधारगृह पठाउँदै आइरहेको छ ।

बाल सुधारगृह पोखराले बालबालिका राख्ने ठाउँ नभएकाले अब बालबालिका नपठाउनु भनी पत्राचार गरेपछि झन् समस्या थपिएको जिल्ला अदालत नवलपुरका श्रोस्तेदारदार (उपसचिव) तारादत्त बडूले जानकारी दिनुभयो ।

जिल्लामा बाल सुधारगृह नहुने र पोखरासमेत नपठाउन भनी पत्र आएपछि अब सुधारगृहमा राख्नुपर्ने बालबालिकालाई कहाँ पठाउने भन्ने समस्या देखापरेको जिल्ला अदालत नवलपुरले जनाएको छ ।

जिल्ला बाल न्याय समन्वय समिति नवलपुर र जिल्ला अदालत नवलपुरले नेपालको बाल न्याय प्रणाली प्रभावकारी बनाउन बाल सुधारगृह आवश्यता भएको महसुस गरिएको छ ।

नेपालको बाल न्याय प्रणालीमा बालबालिकाले गरेका अपराधलाई बाल दुराचारमा राखेर अपराधको प्रकृति हेरेर सजायस्वरुप कारागारमा नभइ बाल सुधारगृहमा राख्ने गरिन्छ ।

तर कतिपय अवस्थामा आफ्नै जिल्लामा बाल सुधारगृह नहँुदा नेपालको बालबालिकासम्बन्धी ऐन, नियम र कार्यविधिअनुसार बाल न्याय प्रणाली चल्न समस्या देखिएको छ ।

बाल अधिकारसम्बन्धी महासन्धि सन् १९८९ लाई नेपालले सन् १९९० मा अनुमोदनसमेत गरेको छ । उक्त महासन्धिमा बालबालिकाका मुद्दा बाल अदालतबाट हेरिनुपर्ने उल्लेख छ । नेपालले अझै बाल अदालत स्थापना गरेको छैन ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित