काठमाडौँ । गत वर्ष मात्र रेविजका कारण ३२ जनाले ज्यान गुमाएका छन्। रेविज विशेषतः कुकुरको टोकाइबाट हुने रोग हो । कुकुर बाहेक अन्य लाइसा भाइरस संक्रमणबाट प्रभावित जनावरको टोकाइबाट रेबिज रोग सर्ने सम्भावना अधिक रहन्छ।
रेविज लाइसा भाइरस संक्रमित जनावरको -यालबाट घाउको माध्याम हुँदै सर्ने रोग हो । यो भाइरस शरिरमा प्रवेश गरेपछि स्नायुको माध्यमले मतिष्कसम्म पुग्दछ। ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, पोलेजस्तो हुने गर्छ । भाइरस मष्तिष्कसम्म पुगेपछि मष्तिष्क तथा स्नायुहरु सुनिनेपछि हुन्छ । रेबिज भाइरसले संक्रमित व्यक्तिका क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आउँने चिकित्सकहरु बताउँछन्।
कुकुर लगायत जनावरले टोक्ने बित्तिक्कै यो भाइरस संक्रमण नहोस् भनेर रेबिज बिरुद्धको खोप लगाउनु चिकित्सकहरुको सुझाव दिन्छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत बर्ष मात्रै २६ हजार ३१२ जनालाई कुकुरले टोकेको तथ्यांक छ।
जसमध्ये ३२ जनाको मृत्यु भएको छ। गाउँघरमा खुल्ला कुकुर छोड्ने समस्याका कारण पनि रेविजको संक्रमण बढ्ने खतरा रहन्छ । रौतहट पथुवाकी ४ वर्षीया रएना यादवलाई संक्रमित कुकुरले टोकेपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो। उनको परिवारले विरामी कुकुरको व्यवस्थापनमा स्थानीय प्रशासनले समेत ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
कुकुर पाल्ने र बिरामी भएपछी छोड्ने गर्दा छाडा कुकुरको टोकाईले रेबिजको उच्च जोखिम बढ्ने गरेको छ। एक वर्षमा रेबिज बिरुद्धको खोप भने २ लाख ८१ हजार ७१८ भाइल खपत भएको छ। जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको संक्रमण हुन्छ।
डिसी नेपाल





