गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त आफ्नो दुई दिने भ्रमणका क्रममा लन्डन आइपुगेका छन् । शुक्रबार राती लन्डनको हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतस्थित गैरआवासीय नेपालीहरु लगायत पत्रकारहरुको बाक्लो उपस्थिती थियो । उपाध्यक्ष पन्त गैर आवासीय नेपाली संघ यूकेको शनिबार हुने पाचौं काउन्सिल बैठकमा सहभागी हुन लण्डन आएका हुन् ।
यसपछि लगतै उनि नेपालतर्फ लाग्ने छन् । अल्डरसटस्थित एम्पायर हलमा हुने एनआरएनए यूकेको काउन्सिल बैठकमा करिब २ सय संघसँस्थाहरुको सहभागिता रहने र सो को तयारी पूरा गैरआवासीय नेपाली संघ युकेले जनाएको छ । पन्तलाई स्वागत गर्न गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिररजिवी ढकाल, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष शेर सुनार, आइसीसी सदस्य रामशरण सिम्खडा, नेकपाका नेता राजेन्द्र पुडासैनी, समाजसेवी कृष्ण तिमल्सिना, हिराधन राई, बिजन भटट, थर्क सेन, बिरेन खड्का, हेम गुरुङ, रोजिना प्रधान राई, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल लगायत पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
विमानस्थालमा पन्तले भने, मेघा प्रोजेक्टहरु तीव्र गतिमा अगाडी बढिरहेको र आगामी अक्टोबर ११ भित्रमा हस्तान्तरण गरिने र सोहि समयमा एनआरएनएको कार्यालय पनि सर्नु पर्छ भनेर ठेक्दार कम्पनीलाई दवाव दिदै आएको पनि उनले बताएका थिए । बाँकी फोटो हेर्नुहोला
एनआरएनए उपाध्यक्ष पन्तलाई लन्डन विमानस्थालमा भव्य स्वागत
एनआरएनए उपाध्यक्ष पन्तलाई लन्डन विमानस्थालमा भव्य स्वागत
तपाईको प्रतिक्रिया





