गाईघाट – केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् ।
मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।
रासस





