गोर्खा अनलाइन रेडियो यूके,
काठमाण्डौ – बेलायतमा रहेको पहिलो नेपालीहरुको सामाजिक संस्था ‘यति नेपाली एशोसियसन ’ले यहि अक्टोबर २८ तारिख आइतबारका दिन एउटा कल्याणकारी रात्रीभोजको आयोजना गर्ने भएको छ । लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा गर्न लागिएको उक्त च्यारिटी कार्यक्रम असहाय र विपन्न बालबालिकाको सेवामा समर्पित संस्था ‘मानव जीवन संरक्षण मञ्च ’को सहयोगार्थ गर्न लागिएको हो । एनआरएनए यूकेको सहकार्यमा हुन लागेको सो कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री एवं केन्द्रीय सभासद माधव कुमार नेपालको उपस्थिति रहने भएको छ । कार्यक्रममा नेपालका ख्यातीप्राप्त हाँस्य कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल मरिस्का पोखरेलको विशेष प्रस्तुती रहने कुरा यति एशोसियसनले जानकारी दिएको छ । नेपालमा कठिन जीवनयापन बिताइरहेका अवोध बालबालिकाहरुको मुहारमा ऊज्यालो छाउनुका साथै तिनीहरुको भविष्य उज्वल बनाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कल्याणकारी रात्रिभोजमा सहभागी भइ सहयोग गरिदिनको लागि सम्पूर्ण संस्थाको तर्फबाट कार्यक्रमका संयोजक सदस्य तथा समाजसेवी ध्रुब केसीले सम्पूर्ण बेलायात्वासिहरुलाई अनुरोध गरेका छन् ।
यति नेपाली एशोसियसन यूकेद्वारा कल्याणकारी रात्रिभोजको आयोजना
यति नेपाली एशोसियसन यूकेद्वारा कल्याणकारी रात्रिभोजको आयोजना
तपाईको प्रतिक्रिया





