धनगढी – ७ नम्बर प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा निर्णय हुने भनिएको प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नारावाजी र विरोधपछि शुक्रवार बिहान बसेको बैठक अवरुद्ध भएको हो । संसदभित्रै सांसदले नाराबाजी गरेपछि बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रदेशको समितिले राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्न सिफारिस गरेको थियो । सम्भवतः शुक्रवारकै बैठकमा राजधानी र नाम टुंगिने चर्चा चलिरहेका बेला कांग्रेसले बैठक अवरुद्ध गरेको छ ।
प्रदेश सभामा गरिएको सिफारिसको विरोधमा प्रदेशसभा भवन बाहिर समेत धर्ना, नाराबाजी र प्रदर्शन भइरहेको छ ।
लोकान्तर





