काठमाण्डौ – बेलायतमा रहेको पहिलो नेपालीहरुको सामाजिक संस्था ‘यति नेपाली एशासियसन ’ले एउटा कल्याणकारी रात्रीभोजको आयोजना गर्ने निर्णय गरेको छ । असहाय र विपन्न बालबालिकाको सेवामा समर्पित संस्था ‘मानव जीवन संरक्षण मञ्च ’को सहयोगार्थ हुन लागेको उक्त कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री एवं केन्द्रीय सभासद माधव कुमार नेपाललाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा नेपालका ख्यातीप्राप्त हाँस्य कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल मरिस्का पोखरेलको विशेष प्रस्तुती रहने कुरा यति एशोसियसनले जानकारी दियो ।
नेपालमा कठिन जीवनयापन गरिरहेका अबोध बालबाकिाको मुहारमा कान्ती ल्याउने उद्देश्यले २८ अक्टोबर ,आइतबार साँझ ग्रीनफोर्ड टाउन हलमा उक्त कार्यक्रम हुने भएको छ ।
बेलायतमा यति नेपाली एशोसिएसनले रात्रीभोज गर्ने
बेलायतमा यति नेपाली एशोसिएसनले रात्रीभोज गर्ने
तपाईको प्रतिक्रिया





