चीन र अमेरिकाबीच फेरि चर्काचर्की

बीबीसी । अमेरिकी राष्ट्रपतिले नोभेम्बरमा हुन लागेको अमेरिकी संसदीय चुनावमा चीनले हस्तक्षेप गरिरहेको आरोप लगाएपछि चीनले त्यसको कडा शब्दमा खण्डन गरेको छ।

आफूले चीनसामु व्यापारमा चुनौती प्रस्तुत गरेकाले बेइजिंगले आफ्नो दल रिपब्लिकनलाई हराउन चाहेको ट्रम्पले बताएका थिए। राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक अध्यक्षता गरिरहेका ट्रम्पले चीनले आगामी नोभेम्बरमा अमेरिकामा हुन लागेका चुनावमा हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाएका थिए।

चीनले आफू वा आफ्नो दलले जितोस् भन्ने नचाहेको उनले बताए।राष्ट्रपति ट्रम्पले ती आरोप पुष्टि गर्ने कुनै प्रमाण भने पेस गरेनन्। चीनका विदेशमन्त्री वाङ्ग यीले ती आरोपको निन्दा गरेका छन्।

वाङ्गले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताए। बीबीसी कूटनीतिक सम्वाददाता जेम्स रबिन्स भन्छन् अमेरिकाले अब चीनलाई पनि रुस, इरान र उत्तर कोरिया सरह अमेरिकी प्रजातन्त्र र स्वतन्त्रताविरुद्ध खतराका रूपमा लिइरहेको ट्रम्पका भनाइले प्रस्ट पार्छ।

ट्रम्प प्रशासनका अधिकारीहरू, चीन खासगरि साइबर क्षेत्रमा निकै प्रभावशाली भएको र तिनले विपक्षीलाई गलाउन सक्ने विश्वास गर्छन्।
चीनले आफ्नो परम्परागत समर्थक समूह किसानहरूलाई ट्रम्पविरुद्ध भड्काउने प्रयास गरेको उनीहरूको आरोप छ।

दुई शक्ति राष्ट्रबीच फैलँदो व्यापार युद्धका माझ चीनले भने यी सबै आरोपलाई आधारहीन भन्ने गरेको छ। अमेरिका र चीनबीचको व्यापारको फाइदाबारे बताउने प्रयास गर्नु जायज भएको चीनको भनाइ छ। तर ट्रम्प प्रशासनसम्बद्ध कसैले चीनमाथि चुनावमा हस्तक्षेपको आरोप लगाएको यो पहिलोपटक भने होइन।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले रुस, उत्तर कोरिया, इरान र चीन सबैले अमेरिकी चुनावमा हस्तक्षेपको योजना बनाइरहेको हुन सक्ने बताएका थिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित