१० वर्षीया श्रीया विक हत्याका अभियुक्त पोखरामा सार्वजनिक

कास्की – पोखराको पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विक हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । छिमेकी २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले बुधबार दिउसो सार्वजनिक गरेको हो । बुधबार बिहानै पक्राउ गरे पनि स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले अभियुक्त पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले अघिल्लो साँझ मादक पदार्थ सेवन गरी श्रीयाको हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीले बताए अनुसार साँझ पौडेल मदिराले मातेर घर फर्कँदै गर्दा श्रीयालाई बाटैमा भेटेपछि ५ रुपैयाँ दिएर बलात्कार प्रयास गरेका थिए । श्रीयाले प्रतिकार गरिन् । पौडेलले श्रीयालाई १० रुपैयाँ दिएर फेरि बलात्कार प्रयास गरे । बालिका चिच्याएपछि उनले आक्रमण गरेका थिए । नजिकैको झाडीमा फालिदिएपछि बेहोस हुँदा श्रीयाको मृत्यु भएको आशंकामा पौडेलले ढुंगाले थिचेको बताइएको छ ।
पैसा दिएर बलात्कार गर्न खोज्दा हत्या गरेको भन्दै प्रहरीले पौडेललाई बुधबार अपराह्न सार्वजनिक गरेको हो । दिनभर पोखरामा जिल्ला प्रशासन कार्यालय घेरा गर्दै नारावाजी भएपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित