अध्यागमन कर्मचारीमाथि कारबाही

काठमाडौं– विमानस्थल अध्यागमनले पर्यटक भिसामा दुबईलगायत खाडी देश पठाउने सेटिङमा अध्यागमनका कर्मचारीको मिलेमतो सम्बन्धमा छानबिन गरी प्रतिवेदन तयार पारेको छ ।

उक्त प्रतिवेदनकै आधारमा विमानस्थल अध्यागमनले एक अधिकृतलाई १५ दिनका निम्ति कामविहीन बनाएको छ । यसअघि अर्का अधिकृत पनि यस्तै कारबाहीमा परेका थिए । अध्यागमन प्रमुख राजेश पौडेलले कर्मचारीबाट त्रुटि भएको र त्यसमा संलग्नलाई कारबाही गरिएको बताए ।

प्रतिवेदनमा एयर इन्डियाको विमानमार्फत भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका तीन नेपाली महिला विष्णु बिटालु, सुजाता कुमाल र ममता सुनुवारलाई भारतीय अध्यागमनले ‘लो प्रोफाइल’ भन्दै फिर्ता पठाइदिएको घटनाबारे उल्लेख छ । तीनमध्ये सुजाता र ममता पासपोर्ट लुकाएर नागरिकताका आधारमा मात्रै भारत उडेको तर विष्णु भने विमानस्थलबाट उडान अनुमति नलिई भारत पुगेको प्रतिवेदनमा जनाइएको छ । कान्तिपुरमा खबर छापिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित