Home > Blog > अमेरिका र चीन आमने-सामने, चीनमाथि ट्रम्पले लगाए गम्भीर आरोप

अमेरिका र चीन आमने-सामने, चीनमाथि ट्रम्पले लगाए गम्भीर आरोप

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधी चुनावलाई प्रभावित पार्न चाहेको आरोप लगाएका छन्। ट्रम्पले यस्तो आरोप न्युयोर्कमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको एक बैठकमा विश्वका कयौं शीर्ष नेताका अगाडि लगाएका हुन्। ट्रम्पले भने, ‘मैले फेरि पनि चुनाव जितौं भन्ने चीन चाहँदैन। किनभने म यस्तो पहिलो राष्ट्रपति हूँ जसले चीनलाइ व्यापारको मुद्दामा चुनौती दिएको छु।’ यद्यपी ट्रम्पले आफ्नो अरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएका छैनन्। अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर त्यतिबेला देखि जारी छ जतिबेला ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेका थिए।

चिनियाँ विदेशमन्त्रीले ट्रम्पको आरोपलाई ‘अनुचित आरोप’ भनेर खारेज गरिदिएका छन्। अमेरिकामा मध्यवधी निर्वाचन ६ नोभेम्बरमा हुँदैछ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक परमाणु, रासायनिक र जैविक हतियारमाथि रोक लगाउने तरिकाका विषयमा चर्चा गर्न आयोजना गरिएको थियो। तर ट्रम्पले यो मौकामा चीनलाई निशाना बनाए। उनले भने, ‘चीन नोभेम्बरमा हाम्रो आगामी चुनावमा मेरो विरुद्ध दखल दिने कोशिश गरिरहेको छ, यो दुखको कुरा हो।’

ट्रम्पले भने, ‘ चीन मैले जितौं भन्ने चाहँदैन। किनभने म यस्तो पहिलो राष्ट्रपति हो जसले व्यापार मुद्दामा चीनलाई चुनौती दिएको छु। त्यतिमात्रै होइन हामी व्यापारको मुद्दामा हामी चीनलाई जितिरहेका छौं। हामी चाहँदैनौं की चीन हाम्रो चुनावमा दखल दिओस्।’

ट्रम्पको आरोपको जवाफमा चिनियाँ विदेशमन्त्री वाङ यीले सुरक्षा परिषद चीन अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भने। ‘चीनले सधैं भरी अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गर्दै आएको छ। यो चिनियाँ विदेश नीतिको परम्परा हो,’ उनले भने।
यीले भने, ‘हामीले क पहिला अन्य मुलुकको आन्तरिक मामिलामा दखल दिएका छौं न आगामी दिन मै दिन्छौं। हामी चीन माथि लगाइएको अनुचित आरोपलाई स्वीकार गर्न सक्दैनौं।’

ट्रम्पले चीनमाथि अमेरिकी चुनावमा दखल दिएको आरोप लगाएको यो पहिलो पटक भने होइन। गत महिला अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले रुस, उत्तर कोरिया, इरान र चीन अमेरिकी निर्वाचनलाई दखल दिने योजना बनाइरहेको बताएका थिए। त्यसको एक दिन अगाडि पनि डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा दिएको भाषणमा चीनप्रति आफ्नो नीति सही भएको जिकिर गरेका थिए।

विगत केही महिनादेखि अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ। दुवै मुलुक एक–अर्का मुलुकबाट उत्पादित सामानमाथि शुल्क बढाउने होडमा सहभागी छन्। सेप्टेम्बरमा ट्रम्प प्रशासनले चिनियाँ उत्पादनमा २०० बिलियन डलर शुल्क लगाउने आदेश दिएको थियो। यसअघि पनि अमेरिकाले चिनियाँ उत्पादनमाथि ५० बिलियन डलर आयात शुल्क लगाएको थियो र जबाफमा चीनले त्यति नै मूल्य बराबरको उत्पादनमा शुल्क लगाएको थियो। विगत केही समयदेखि दुवै देशको सैन्य सम्बन्धमा पनि चिसोपना आएको छ।

अमेरिकाले चिनियाँ सेनालाई रुसबाट हतियार खरिद गरेका कारण पाबन्दी लगाएको छ। जवाफमा चीनले पनि अमेरिका भ्रमणमा गएका आफ्ना नौसेना प्रमुखलाई फिर्ता बोलाएको छर दुवै देशबीच हुने सैन्य वार्तालाई स्थगित गरिदिएको छ। यस वाहेक चीनले अमेरिकी नौसेनाको एक जहाजलाई हङकङमा बस्नलाई रोक लगाएको छ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1