गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा. दुर्गाबहादुर सुवेदी संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् । सेप्टेम्बर १७ देखि २१ सम्म लण्डनमा सम्पन्न संगठनको १ सय २२ औं अधिवेसनले सुवेदीलाई एक वर्षका लागि अध्यक्ष निर्वाचित गरेको हो । लन्डनस्थित नेपाली दूतावासका अनुसार सुवेदी यसअघि मेक्सिकोमा सम्पन्न १सय २१ औं अधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए । सन् २०१७ मा मात्र संगठनको पूर्ण सदस्यता प्राप्त गरेको नेपालले डेढ वर्षभित्र उक्त संगठनमा प्राप्त गरेको सफलतालाई संगठनका सदस्य राष्ट्रहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएको दूतावासले जनाएको छ ।
अधिवेशनमा डा. सुवेदीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्याय, लन्डन दूतावासका काउन्सेलर शरदराज आरण, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत लक्ष्मण पोखरेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सल्लाहकार डा. बद्रिप्रसाद बस्ताकोटी र लन्डन दूतावासका तृतीय सचिव भूपेन्द्र प्रसाद घिमिरे सदस्य रहेको नेपाली प्रतिनिधिमण्डल सहभागी बनेको थियो ।
नेपाली दूतावास लन्डनद्वारा जारी प्रेस विज्ञप्ति जस्ताको तस्तै –
प्रेस-विज्ञप्ति
अन्तर्राष्ट्रिय कफी संगठन(ICO) को मिति १७-२१ सेप्टेम्वर २०१८ मा सम्पन्न १२२औं अधिवेशनले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवंICOका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदीलाई सन् 2018/2019 का लागि प्रवर्द्धन तथा बजार विकास समिति (Promotion and Market Development Committee)कोअध्यक्षमा निर्वाचित गरेको छ। महामहिम डा. सुवेदी यस अघि मेक्सिकोमा सम्पन्न १२१औं अधिवेशनमा सो समितिको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो। उक्त अधिवेशनले नेपाललाईICOको मूल समिति (Core Group) र तत्थ्याङ्क समिति(Statistics Committee)को कार्यकारी सदस्य पदमा समेत निर्वाचित गरेको छ।
महामहिम डा. सुवेदीको नेतृत्वमा लण्डनमा सम्पन्न १२२औं अधिवेशनका लागि नेपाली प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव श्री तोयनारायण ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक श्री शेषकान्त गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाउप-सचिव श्री बुद्धिप्रसाद उपाध्याय, नेपाली राजदूतावासका काउन्सेलर श्री शरदराज आरण, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत श्री लक्ष्मण पोखरेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सल्लाहकार डा. बद्रीप्रसाद बस्ताकोटी र नेपाली राजदूतावासका तृतीय सचिव श्री भूपेन्द्र प्रसाद घिमिरे सदस्य रहनु भएको थियो।
नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी संगठनका अध्यक्षमहामहिम श्रीAlyToure, कफी उत्पादक राष्ट्रहरुको समूह संयोजक तथा प्रवक्ता एवं ICO का लागि ब्राजिलका स्थायी प्रतिनिधि महामहिम श्रीHermanoRibeiroसँग शिष्टाचार भेट गरी अन्तर्राष्ट्रिय कफी संगठनमाकफी उत्पादक राष्ट्रहरुको हक,हित र कल्याण एवं नेपालको कफी उत्पादन र बजार प्रवर्दन तथा ICO मा नेपालको सक्रिय सहभागिता सम्बन्धमा द्धिपक्षीय वार्ता गरेको थियो।
उक्त अधिवेशन अवधिभर नेपाली राजदूतावासले नेपाली कफी सम्बन्धी प्रचार प्रसार र सामग्री वितरण गर्न अधिवेशनस्थलमा स्टल राखेको थियो। अधिवेशनको औपचारिक उद्धाटनका दिन नेपाली राजदूतावासले नेपाली कफी रिसेप्सनको आयोजना गरेको थियो। सन् २०१७ मा मात्र ICO को पूर्ण सदस्यता प्राप्त गरेको नेपालले डेढ वर्षभित्र उक्त संगठनमा प्राप्त गरेको सफलतालाई ICO का सदस्य राष्ट्रहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छन्।
नेपाली राजदूतावास
लण्डन![]()





