Home > Blog > ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बेइजिङ, चीन – ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ ।

अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी कदमप्रति वासिङ्टनको भद्र ध्यानाकर्षण गराएको छ ।

राष्ट्रसङ्घको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानून र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लङ्घन गरेको छ, चीनको विदेशमन्त्रालयले मङ्गलबार जनाएको छ ।

अमेरिका र ताइवानबीच हतियारसम्बन्धमा भएको सहमतिले चीन–अमेरिकाबीच भएका तीनवटा संयुक्त वक्तव्यको विरुद्धमा छ, विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताउनुभयो ।

यो एक चीन नीति चीनको सार्वभौम अधिकार र सुरक्षा चासोको बिषयसमेत रहेको प्रवक्ता गेङले बताउँनुभयो ।
रासस÷सिन्ह्वा

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1