वीरेन्द्रनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीले बनाएको विधान लोकतान्त्रिक भएको बताउनुभयो ।
पार्टीको विधान संशोधन एवं सुझाव सङ्कलन पछि मंगलबार नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विधानमा हामीले संविधानका प्रावधान समेटेका छौ, त्यसमा महिला प्रतिनिधित्व पनि सुनिश्चित गरेका छाँै ।”
नेता पौडेलले दलको सदस्य हुनका लागि निश्चित मापदण्ड तोकिनुका साथै समावेशीको सिद्धान्तलाई पनि ध्यान दिएको छ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने सबै पार्टीका नेता तथा कार्यकर्ताको सुझाव आएको बताउनुभयो ।
उहाँले विभिन्न पाँचवटा समूह बनाएर सुझाव सङ्कलन गरेको बताउँदै कर्णाली प्रदेशमा सङकलन गरिएका सुझावलाई मस्यौदा समितिमा लगिने र त्यहाँ पनि छलफल गरी एकत्रित गराएर आगामी मङ्सिर ५ देखि ९ गतेसम्म हुने महासमिति भेलामा प्रस्तुत गरिने धारणा व्यक्त गर्नुभयो ।
विधानमा धेरैभन्दा धेरैको सहभागिता र सुझाव आहोस् भनेर प्रदेश स्तरमा सुझाव सङ्कलन गरिएको पनि उहाँले बताउनुभयो ।
रासस





