Breaking News
Home > Blog > Entertainment > बाजुरामा अनन्ते मेला

बाजुरामा अनन्ते मेला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बाजुरा – जिल्लामा अन्नते मेला शुरु भएको छ । भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्दछन् ।

अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा छ । मेला अवधिभर मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने चलन रहेको ज्योतिश गोविन्दराज जोशी बताउनुहुन्छ ।

अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पति भएको किंवदन्ती छ । स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अनन्ते मेला जिल्लाभर धुमधामका साथ मनाइने गरिन्छ । मेलाका माध्यमबाट देउडा सांस्कृतिको जगेर्ना हुँदै आएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1