सिमकोट – हुम्ला जिल्ला सिमकोट गाउँपालिकाअन्तर्गत डेहे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चीनको सीमा क्षेत्रमा पर्ने बैजिबाडा गाउँबाट झाडीमा लुकाइराखिएको ३० बोरामा ६० कार्टुन चिनियाँ मदिरा आज बरामद गरेको छ ।
चीनसँग जोडिएका नाकाबाट चिनियाँ मदिरा जिल्लामा भित्रिएको खबर आउन थालेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले चीनसँग जोडिएका नाकालाई सुरक्षामा थप कडाइ गरिएको जिल्ला प्रहरीका कार्यालयका गजेन्द्र बोगटीले बताउनुभयो ।
चीनबाट जिल्लामा भित्रिने चिनियाँ मदिरामा कडाइ गरिए पनि हुम्लाका विभिन्न चोर नाकाबाट झिँनी आउने गरेको र यसलाई विस्तारै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनुभयो । बरामद गरिएको मदिरा कोलेनिका, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सञ्चारकर्मीको रोहवरमा नष्ट गरिने बताइएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित