गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, सपनिमा देखे आमा, तिम्रो मुटु झनै बिझ्यो कि परदेश गाको छोरो सम्झि, आखा भित्रै आसु सुक्यो कि….हिन्दूहरुको महान चाड बडा दशैको अवसर पारेर बेलायतलाई कर्मथलो बनाउदै आएका गीतकार कुमार केसीको शब्द सृजना रहेको “सपनीमा देखें आमा” बोलको दशैं गीतको म्यूजिक भीडीयो युट्युब मार्फत म्यूजिक नेपालले सार्वजनिक गरेको छ । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा सजिएको उक्त गीतमा रमेश कायस्थले संगीत भरेका छन् । परेदशमा रहेको छोराको सम्झनामा दशैंको बेला आमाले भोगेको पीडा र दशैंमा घरमा जान नपाउँदा छोराको मनको ब्यथाले भरिएको यस गीतमा जीवन र रश्मीको अभिनय रहेको छ । अर्जुन अधिकारीको निर्देशन,पदम तिमिल्सिनाको सम्पादन र उत्सव दाहालको छायांकन रहेको उक्त गीत निकै मर्मस्पर्शी छ ।
गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=9QmbsL6_GNo[/embedyt]
कुमार केसीको “सपनीमा देखें आमा” बोलको दशैं गीत सार्वजनिक
कुमार केसीको “सपनीमा देखें आमा” बोलको दशैं गीत सार्वजनिक
तपाईको प्रतिक्रिया