गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । नेपाली दूतावास लण्डनले एक विशेष कार्यक्रमको आयोजना गरि राष्ट्रिय दिवस अर्थात संविधान दिवस भव्य रुपमा मनाएको छ । बिहीवार लण्डनस्थित नेपाली दुतावासमा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा प्रिन्स माइकेल अफ केन्ट उपस्थित भएका थिय । संविधान दिवसलाई नेपाल सरकारले नेसनल डेको रुपमा मनाउदै आएको छ । दूतावास आगाडी केन्टको उपस्थिती हुँदा दूतावासका तर्फबाट फुलमालाद्वारा स्वागत गरिएको थियो ।
उनि बेलायती महारानी एलिजाबेथका पहिला कजिन हुन्सं । हाल उनि बेलायती राजगद्दीको रोलक्रमको ४७औं स्थानमा पर्दछन । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच उच्चस्तरीय भ्रमणको तयारी गर्ने बेला भएको बताए। लण्डनको प्रसिद्ध केन्सिङटन प्यालेस गार्डेन्स प्रांगणमा आयोजित एक भव्य समारोहलाई संवोधन गर्दै डा.सुवेदीले गोर्खा सैनिकहरु र बेलायतमा बसोबास गर्ने एकलाख बढी गैरआवासीय नेपालीहरुले दुबै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले नेपालको विकास प्रयासमा बेलायती सरकार र जनताबाट लगातार साथ र सहयोग प्राप्त भैरहेको बताउँदै त्यसको प्रशंसा गरे ।
समारोहका प्रमुख अतिथि प्रिन्स माइकेल अफ केन्टले ब्रिटेन र नेपालबीचको सम्बन्ध अरु कैयौं मुलुकहरुको भन्दा निकै पुरानो रहेको बताए। उनले दुई देशबीचको सम्बन्ध बहुआयामिक र घनिष्ठ रहेको बताए। गोर्खा सैनिकहरु संसारमै सबैभन्दा साहसी सैनिकको रुपमा चिनिने बताउँदै प्रिन्स माइकेलले उनीहरुको साहस र अनुशासनको खुलेर प्रशंसा गरे । उनले आफू संलग्न एक च्यारिटी संस्था ‘केयर फर चाइल्ड’मार्फत निकट भविष्यमै नेपाल जाने आफ्नो योजना रहेको बताएका छन् ।
प्रिन्स माइकेलले दूतावासमा आयोजित नेपाली चित्रकला प्रदर्शनीको समेत उद्घाटन गरे। कार्यक्रममा राजदूत सुवेदीले प्रमुख अतिथिलाई कलात्मक खुकुरी तथा नेपाली चित्रकला उपहार दिएका थिए । कार्यक्रममा ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’ तालको पानी माछिले खाने र नरिसाउ मितिनी जस्ता बोलको गीतमा नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा ब्रिगेड अफ गोर्खाजमा कार्यरत गोर्खा सैनिकहरुले खुकुरी नृत्यको पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रमको संचालन शरद राज आरंले गरेका थिए भने उक्त समारोहमा बेलायतस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधि बेलायत सरकारका अधिकारी, मेयर, काउन्सिलर,पत्रकार, नेपाली संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण गरि चार सय भन्दा बढीको सहभागीता रहेको थियो । बाँकि फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
कार्यक्रमको भीडीयो हेर्नुहोला
[embedyt] https://www.youtube.com/watch?v=0Mfgh7dycD0[/embedyt]





