काठमाडौँ । संविधान दिवसका अवसरमा काठमाडौँको माइतिघरमा नेपालको विशाल झण्डा फहराइएको छ । युवासंघ नेपाल, वाइसील नेपाल, देशभक्त युवा समाज लगायतको अग्रसरतामा माईतिघरमा विशाल झण्डा हिजो बुधवार फहराइएको हो ।
यसअघि पनि उक्त स्थानमा प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखिने गरिएकोमा अहिले भने व्यवस्थीत तवरले १ सय फिट लामो पोल व्यवस्थापन गर्दे विशाल झण्डा राखिएको हो ।
नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते शहिद दिवसको अवसर पारेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाइको नेपाली झण्डा राखेको थियो । करिब आठ किलो वजन रहेको उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको हो ।





