दुर्घटनामा एकको मृत्यु

भक्तपुर – मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा७०प १६६५ नंको मोटरसाइकलले बाटो काट्दै गरेको मध्यपुरठिमी चारदोबाटो बस्ने ८० वर्षीय जोगभक्त श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले घाइते श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकल र चालक भारत विहार घर भई हाल सूर्यविनायक नगरपालिका बालकोट बस्ने ३० वषीय शम्लेशकुमार सिंहलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित