राष्ट्रिय फुल कन्ट्याक्ट कराते

काठमाडौँ – ‘इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।

आगामी सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुषतर्फ ३५ किलोमुनि, ५५ किलोमुनि तथा ६० किलोमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ, भने महिलातर्फ ४५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै विद्यालयतर्फ पुरुष २५ किलोमुनि तौल समूहमा खेल हुनेछ ।

एकदिने सो प्रतियोगितामा करीब १५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा खेलाइनेछ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित