बाढीपहिरो पीडितलाई सहयोग

बेँशीशहर – मस्र्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् ।

मस्र्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । बाढीपहिरोबाट मस्र्याङ्दी गाउँपालिकाका १९ परिवार विस्थापित भएका छन् ।

यहाँको ५० घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको थियो । एक जना अझै छन् भने ११ जना घाइते भएका थिए । गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकले पीडितलाई एक दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन् । हाल उक्त गाउँपालिकामा सामुदायिक र संस्थागतमा गरी झण्डै ४०० शिक्षक कार्यरत छन् ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित