बलात्कारको आरोपको खण्डन

काठमाडौँ – बाराको बोधी श्रवण धर्म सङ्घले महासम्बोधी धर्मगुरुमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै खण्डन गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपको सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो ।

मानव अधिकारको नाममा गुरुबाट हुनै नसक्ने यस्तो आरोप लगाएर अमानवीय काम गरिएको बताउँदै अध्यक्ष लामाले यस्तो निराधार आरोप लगाएर नेपालमा धार्मिक सद्भाव खल्बल्याउन खोजिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो ।

सङ्घका सहसचिव केवल लामाले आज जारी गर्नुभएको विज्ञप्तिमा बोधी श्रवण धर्म सङ्घका गुरुमाथि धर्मशीलपालना गर्न नसकी गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनु परेका आनीलाई हतियार बनाएर बलात्कारको आरोप लगाउने कोसिस भएको उल्लेख गर्नुभएको छ । सङ्घका पूर्वअध्यक्ष कमानसिंह लामाले गङ्गाका बुबा महात्मा गुरु रणे मोक्तानले छोरीले गुरुमाथि लगाएको आरोप झुठो र कपोकल्पित भएको स्पष्ट पार्नुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित