Home > Blog > राष्ट्रिय क्रिकेट खेलाडी करण केसी र हरि चौहान सम्मानित

राष्ट्रिय क्रिकेट खेलाडी करण केसी र हरि चौहान सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
भाद्र ३०, काठमाडौ, नेपाली क्रिकेट समर्थक समाज (एन सि सि एस ) द्वारा नेपाल खेलकुद पत्रकार मन्च, त्रिपुरेश्वरमा “स्व. प्रमोद बज्राचार्य एन सि एस रास्ट्रीय सेवा सम्मान” कार्यक्रम बिच रास्ट्रीय क्रिकेट खेलाडी करण केसीलाई रु १ लाख र इमर्जिङ प्लयेरको रुपमा हरि चौहान क्षत्रीलाई रु २५ हजारको सम्मान गरियेको छ । कार्यक्रममा एन सि एस एस अध्यक्ष भानु सिग्देल, स्व. प्रमोद बज्राचार्यको दिदी सन्जु बज्राचार्य, रास्ट्रीय क्रिकेट खेलाडिहरु करण के सि र सोमपाल कामी, नेपाल खेलकुद पत्रकार मन्चका महासचिब प्रकाश तिमिल्सेना र करिब ५० जना एन सि एस का सदस्यहरुको उपस्थिती रहेको थियो । क्रिकेटको बिकास एवम् बिस्तार र समग्र नेपाली क्रीकेटका समर्थकहरुलाइ एकत्रित गर्ने उद्देश्यले खोलियेको क्रिकेट समर्थकहरुको सन्स्था एनसीएसएस का तत्कालिन कोषाध्यक्ष प्रमोद बज्राचार्यको ४ महिना अघि ब्रेन ह्याम्रेजका कारण युवा उमेरमै असामयिक निधन भएको थियो ।

१. विशेष सम्मान

डिभिजन टु मा राष्ट्रिय क्रिकेट खेलाडी करन केसीको अभुतपुर्व र आश्चर्यजनक प्रदर्शनको बलमा नेपालले डिभिजन एकको यात्रा तय गरेको जनाउदै एन सि एस एस ले आफ्ना सदस्यहरु मार्फत सहयोग उठायर करण के सि लाई रु १ लाखको सहयोग गरेको हो ।

२. राष्ट्रिय सम्मान

बार्षिक रुपमा रास्ट्रीय क्रिकेट प्रतियोगितामा इमर्जिङ प्लयेरको रुपमा रहने महिला वा पुरुष खेलाडी मध्ये एकलाइ प्रदान गरिने “स्व प्रमोद बज्राचार्य NCSS राष्ट्रिय सेवा सम्मान ,जसको राशी रु २५ हजार रहेको छ, यो पटक प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने हरि बहादुर चौहानलाई प्रदान गरियेको छ ।

३. प्रसम्सा पत्र

एन सि एस एस का भोलेन्टियर सदस्यहरु, जो गैर नाफा मुलक सन्स्थामा आफ्नो समय, सहयोग दिने गर्छन, मध्यबाट कुनै १ जनालाइ बार्शिक रुपमा दियिने “प्रसम्सा पत्र” यो पटक “महेन्द्र गुरुङ” ले प्राप्त गरेका छन ।

आर्थिक पक्ष

माथिका तिनै सम्मानको लागि सदस्यहरुबाट रु १,३४,०३५/- संकलन गरिएको थियो ! जसमा १ लाख २५ हजार सम्मानमा, रु २००० ब्यानर र डमि चेकमा, रु ३०० पानी, रु ४०० फ्रेम र रु २०० खादा, रु ५००० सम्मान कार्यक्रमको रिफ्रेसमेन्टमा खर्च भएको छ भने बाकी रकम रु ११३५ “NCSS अक्षयकोष” मा जम्मा गरिनेछ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1