एजेन्सी । सीबीएसई परीक्षामा टपर छात्राको बलात्कारका बारेमा सनसनी पूर्ण खुलासा भएको छ। उनको सेनाका जवानले नै अपहरण गरेर बलात्कार गरेको खुलासा भएको हो।
यो घटना भारतको हरियाणाको हो। हरियाणाका डिजीपी बिएस संधुले पत्रकार सम्मेलन गरेर यो कुराको खुलासा गरेका हुन्। डिजीपीका अनुसार उनी यतिबेला राजस्थानमा कार्यरत छन्।
प्रहरीले उनका विरुद्ध वारेन्ट जारी गर्ने तयारी गरेको छ। तर फरार रहेका उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन्। प्रहरीले आरोपीको बारेमा जानकारी दिनेलाई १ लाख पुरस्कारको घोषणा समेत गरेको छ।
बलात्कृत छात्रा हरियाणाको रेवाडीमा राष्ट्रपति पुरस्कारबाट सम्मान भएकी थिइन्। उनी ट्यूसनका लागि घरबाट निस्किएपछि अपहरणमा परेकी थिइन्। अपहरण गरेर उनको बलात्कार गरिएको थियो।
डिसी नेपाल





