गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, हिन्दू नारीहरुले मनाउंदै आइरहेको हरितालिका तीजको अवसर पारेर लन्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा तीज कार्यक्रम सम्पन्न छ । बिहान दश बजेबाट पूजा आरधाना शुरु भएको थियो भने दिउँसो तीन बजेबाट नाचगान कात्र्यक्रम शुरु भएको थियो । विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन मन्दिर बेलायतको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, मिसेस नेपाल यूके टोली लगायत सयौंको संख्यामा महिलाहरुको उपस्थिती रहेको थियो ।
विभिन्न चरणमा आयोजना गरिएको पूजा समारोहमा पण्डित गोबिन्द नेपाल, चिरन्जीवी ढकाल, दुर्गाप्रसाद पोख्रेल, शेखर काफ्ले, नारायण गाउँले र होमनाथ पौडेल रहेका थिए । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।
पूजा सम्पन्न भएपछी मन्दिर परिसरकै हालमा डीजे चांद लामाले सांगीतिक मनोरंजन प्रदान गराएका थिए । नेपालबाट आएका ख्याती प्राप्त कालाकारहरु कला पंगेनी, बिमल राज क्षेत्री,कला लम्साल, सिर्जु अधिकारी र ढुंगेलको पनि उपस्थिती रहेको थियो । गायिका कला पंगेनीले तीज गीतहरु गएर सबैलाई नचाएकी थिइन् । बिमल राज क्षेत्रीले पनि तीज लगायतक गीतहरु मार्फत मनोरंजन दिलाएका थिए । बाँकी फोटो हेर्न याहाँ क्लिक गर्नुहोला 
लन्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा तीजको रमझम
लन्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा तीजको रमझम
तपाईको प्रतिक्रिया





