Home > Blog > बरिष्ठ हांस्यब्यग्य कवि शैलेन्द्र सिम्खडा सम्मानित

बरिष्ठ हांस्यब्यग्य कवि शैलेन्द्र सिम्खडा सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
११ सेप्टम्बर २०१८, लण्डन । धादिङ नुवाकोट समाज यूकेले नेपाल प्रज्ञा प्रतिष्ठानमा बिगत २५ बर्षदेखी सेवारत नेपालबाट आउनु भएका बरिष्ठ हांस्य ब्यंग्य कबि शैलेन्द्र सिम्खडालाई लण्डनमा सम्मान गरेको छ । स्थानीय हिमलायन क्लबमा संस्थाका अध्यक्ष सीबी लामाको सभापतित्व तथा महासचिव धन पाख्रिनको संचालनमा आयोजित उक्त सभामा कलाकार मीना लामा लाई विदाई तथा लोक तथा दोहोरी गायीका कला लम्साल र मोडल तथा गायीका सीर्जु अधिकारीलाई समेत सम्मान गरियो ।संस्थाको तर्फबाट अध्यक्ष सीबी लामा तथा एन आरएनए आईसीसी सदस्य तथा संस्थाका सल्लाहकार रामशरण सिमखडाले उहांहरुलाई सम्मान गर्नु भएको थियो । सो अवसरमा बोल्दै श्रष्टा सिम्खडाले धादिङ र नुवाकोटमा आपसी सम्बन्धको बिबिध आयामको बारेमा प्रकाश पार्नु हुंदै दुई जिल्ला मिलि एउटै संस्था बन्नु र त्यसको आयोजनामा यसरी सम्मनित हुन पाउंदा भाषा तथा साहित्यमा लागेको एक जिल्लाबासीको नाताले गौरब गौरवान्बित महसुश गरेको अनुभूती सुनाउनु भयो । प्रवासको ब्यस्त जिबनशैलीमा समेत मातृभूमी प्रतिको लगाव र त्यहां केही गरौ भन्ने मानविय भावनाले संगठीत साथीहरुको प्रयासको प्रशंसा गर्नु हुंदै बेलायतमा रहंदा यस समाज संग पुनः कुनै कार्यक्रमा जोडिने बिश्वास समेत गर्नु भयो । कलाकार मीना लामाले आफ्नो बेलायत बसाईको प्रबन्ध मिलाई सहयोग गर्नु हुने समाज प्रति आभार ब्यक्त गर्नु हुंदै भावनात्मक रुपमा संधै यस समाज प्रति कृतज्ञ रहने बताउनु भयो । सम्मानीत कलाकारद्वय कला लम्साल सीर्जु अधिकारी शान्ती नेपाली समाज बर्मिङ्गघमको आमन्त्रणमा बेलायतमा रहनु भएको छ । सो अवसरमा समाजका उपाध्यक्ष कृष्ण तिमिल्ना, दीप तामाङ, सचिब बुद्दी बहादुर तामाङ, बासु लामिछाने, शंकर केसी, शम्भु केसी, शुदर्शन सिमखडा, दीप बहादुर गुरुङ लगायत समाजका प्रबुद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1