Home > Blog > नेप्लिज लेडिज कम्युनिटी हंस्लोद्वारा तीज कार्यक्रम भव्य रुपमा सम्पन्न

नेप्लिज लेडिज कम्युनिटी हंस्लोद्वारा तीज कार्यक्रम भव्य रुपमा सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपाली नारीहरुको लोकप्रिय महान सांस्कृतिक पर्वको रुपमा परिचित हरितालिका तीजको अवसर पारेर नेप्लिज लेडिज कम्युनिटी हंस्लोले तीज कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबारका लन्डनको फेल्थमस्थित फेल्थम एसेम्बली हलमा आयोजना गरिएको सो तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अनुमान गरीए भन्दा बढीको सहभागीताले हल खचाखच भरिएको थियो । नेपालबाट आएकी गायिका कला पंगेनीको विशेष प्रस्तुती रहेको सो कार्यक्रममा महिलाहरुले भरपुर मनोरंजन लिएका थिए । गायिका कला पंगेनीले तीजका गीतहरु पापी घरैमा, चिटिक्कै मलाई सुहायो, पच्चीस हजार जस्ता गीतका साथै पन्चेबाजा लगायतका एक दर्जन भन्दा बढी गीत गएर मनोरंजन दिलाएकी थिइन् । प्रत्यक वर्ष तीज कार्यक्रमको आयोजना गर्दै आएको एनएलसीएचले कार्यक्रममा आयोजना गरिएको राफल ड्रा उठेको रकम काठमाडौंस्थित चाइल्ड इजुकेशन सर्भिस सेन्टर लाई सहयोग स्वरूप प्रदान गर्ने भएको छ । संस्थाकी अध्यक्ष देवी रानी गुरुंगले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् भने श्रीमती टीका राईले गणेशस्तुती प्रस्तुत गरेकी थिइन् । लक्ष्मी गुरुङ द्वारा संचालन गरिएको कार्यक्रममा प्रभा खापुंगले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा हिलिंगडन गोर्खा नेप्लिज कम्युनिटीकी अन्जना गुरुङ, गोर्खा अनलाइन रेडियो यूकेका नरेन्द्र बस्नेत लगायतका थुप्रै महिलाहरुको उपस्थिती रहेको थियो । अध्यक्ष्य देवी रानी गुरुंगले संस्थाको स्थापना र उद्देश्यको बारेमा प्रकाश पारेकी थिइन्। समिक्ष्या राई र आभरना दाहालले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । करिब डेढ घण्टा गायिका कला पंगेनीले विभिन्न गीतहरुमार्फत मनोरंजन दिलाएकी थिइन् भने डीजे चाद लामाले थुप्रै तीज गीतका साथै अन्य गीतहरुमा नचाएका थिए । कार्यक्रमको अन्तिम चरणमा राफल ड्रा खोलिएको थियो । प्रथम पुरस्कारमा सुनको जन्तर राखिएको थियो जसलाई श्री सन्तोषी माँ ज्वेलर्स यूकेले प्रायोजन गरेको थियो । उक्त प्रथम पुरस्कार प्राप्त गर्ने भाग्यशालीमा यशोदा लिम्बु परेकी थिइन् । तेस्तैगरि सलादमास्टर, गोर्खा अनलाइन रेडियो यूके, समाजकै सल्लाहकार सम्झना गुरुङ तथा समाजकै पहलमा अन्य राफल ड्रा पुरस्कारहरु प्राप्त भएका थिए । उत्कृष्ट नृत्य गर्ने कृष्णा गुरुंगलाई ड्रीम्ज हेयर बिउटी एण्ड स्पा फेल्थमको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । बाँकी फोटो हेर्न याहाँ क्लिक गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1