Home > Blog > लन्डन दूतावामा तीज कार्यक्रम सम्पन्न, बिर्सायो माइतीको याद

लन्डन दूतावामा तीज कार्यक्रम सम्पन्न, बिर्सायो माइतीको याद

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपाली नारीहरुको लोकप्रिय महान सांस्कृतिक पर्वको रुपमा परिचित हरितालिका तीजको अवसर पारेर नेपाली दूतावास लन्डनको आयोजनामा गत शनिबारका दिन नेपाली दूतावास लण्डनमा भब्य कार्यक्रम सम्पन्न भयो । नेपाली दूतावास लन्डनले हरेक वर्ष तीजको अवसर पारेर बेलायतस्थित नेपाली समुदायका महिला दिदि बहिनिहरुलाई निमन्त्रणा गरि तीजको दर खुवाउने चलन छ । बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको सक्रियतामा शनिवार लन्डन दुताबासमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघसंस्थामा कार्यरत महिला दिदिबहिनिहरुका साथै सदावहार लोकप्रिय गायिका मीरा राणा,डा. रीता थापा लगायत नेपालबाट आए का कलाकारहरुको समेत उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा नरेन्द्र बस्नेतको लय शब्दमा लोक तथा दोहोरी गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वरमा रहेको तीजको गीत” चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीत तथा यसको म्यूजिक भीडीयोको पनि विमोचन गरिएको थियो । गायिका कला पंगेनी तीजको कार्याक्रमको सिलशिलामा हाल लन्डनमा भएकोले उनकै उपस्थितिमा नेपाली दूतावास लन्डनमा राजदूत धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, गायिका मीरा राणा र डा. रीता थापाले सो म्यूजिक भीडीयोको संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रममा बेलायतस्थित नेपाली महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । महिलाहरुलाई मात्र आमन्त्रित गरिएको सो तीज कार्यक्रममा महिलाहरुले रमाइलोसंग नाचगान गर्नुका साथै दर खाएर मनोरंजन गरेका थिए । आफ्नो जन्मभूमीबाट टाढा रहेको अवस्थामा नेपाली दूतावासद्वारा आयोजना गरिएको तीज कार्यक्रमले माइतीको सम्झना बिर्साएको कार्यक्रममा सहभागी एकजना महिलाले बताइन । कार्यक्रमको सिलशिलामा विभिन्न मुलुकको भ्रमण गरिसकेकी गायिका कला पंगेनीले कुनै दूतावासमा जाने अवसर नपाए पनि पहिलोपल्ट लन्डन आउँदा नै नेपाली दूतावासमा तीज मनाउन पाउँदा ज्यादै खुसि लागेको बताइन । साथै आफ्नै स्वरमा गाइएको तीजको गीत ‘चिटिक्कै मलाई सुहायो’ को पनि विमोचन गर्ने अवसर पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको बताएकी छन् । फोटो हेर्न यहाँ क्लिक गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1