Home > Blog > “चिटिक्कै मलाई सुहायो” तीजको गीत लन्डन दूतावासमा विमोचन

“चिटिक्कै मलाई सुहायो” तीजको गीत लन्डन दूतावासमा विमोचन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन,विशेषगरि हिन्दू नारीहरुको रमाइलो पर्वको नामले परिचित हरितालिका तीजको अवसर पारेर यसै वर्ष गाइएको तीजको गीत” चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीत तथा यसको म्यूजिक भीडीयो नेपाली दूतावास लण्डनद्वारा आयोजित तीज कार्यक्रमको अवसर पारेर विमोचन गरिएको छ । यस गीतमा लोक तथा दोहोरी गायक बद्रि पंगेनी र गायिका कला पंगेनी स्वर अनि नरेन्द्र बस्नेतको लय अनि शब्द रहेको छ । गायिका कला पंगेनी तीजको कार्याक्रमको सिलशिलामा हाल लन्डनमा भएकोले उनकै उपस्थितिमा नेपाली दूतावास लन्डनमा राजदूत धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, प्रख्यात गायिका मीरा राणा र डा. रीता थापाको हातबाट उक्त गीतको संयुक्त रुपमा विमोचन गरिएको हो । विमोचनका क्रममा गायिका कला पंगेनीले उक्त गीत गाउँदा दर्शकले आँखाका आँशु थाम्न सकेनन नेपाली दूतावास लन्डनद्वारा आयोजित उक्त तीज कार्यक्रममा सयौंको संख्यामा बेलायतवासी नेपाली दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

शिरैमा लाउने शिर फूल मेरो टल टल टलिकन्छ
अर्काकी छोरी बन्धनमा पारी आफु विदेश ढलिकन्छ
शिरैमा लाउने ढाकाको टोपी चिटिक्कै मलाइ सुहाउँछ
रहरले हैन म परदेश लागेको सानुकै यादले रुवाउँछ
सपनी मैले देखेकी छु अचेल भंवरा अन्तै डुलेको
विदेशी रमझम मन पर्यो तिमीलाई, छौ तिमि उतै भुलेको
न भोक तीर्खा न रातमा निन्द्रा प्रदेशी भूमीमा बांच्याचु
फर्केर आउछु केहि वर्षपछि त यो माया तिमीलाई नै साच्याछु

सामनायतया तीजमा माइतिसंग आफ्ना पीरव्यथा पोख्ने गरिन्छ भने यस गीतमा परदेश लागेका आफ्ना मायालुसंग पीर व्यथा पोख्न खोजिएको छ । गीतमा शब्दहरु राम्रो र शन्देशमूलक रहनुका साथै विदेशमा बस्ने नेपालीहरुको वास्तविकता लुकेको यथार्थपरक गीत रहेको गायक बद्रि पंगेनीको धारणा रहेको छ । तीजको मूल्य र मान्यताको सीमा नाघेर बजारमा थुप्रै गीतहरु आइरहेको हुँदा सबैले आफ्नो मौलिकता र संस्कृतिलाई जोगाउने प्रयास गर्नुपर्ने गायक पंगेनीले बताएका छन् । नरेन्द्र बस्नेतको शब्दमा एउटा देशभक्ति गीत गाउने धोको रहेको पनि पंगेनीले बताएका छन् । तेस्तैगरि गायिका कला पंगेनीले पनि गीत उत्कृष्ट रहेको र आफूले समाजमा विकृति फैल्याउने खालका गीतहरु नगाइ गीतमार्फत समाजलाई केहि शन्देश दिन सक्ने खालका गीतलाई नै प्राथमिकता दिंदै आएको बताइन । उत्कृष्ट शब्द, शन्देशमूलक अनि छाम छाम नाच्न मिल्ने यस गीतलाई धेरैले मन पराएको र हरेक कार्यक्रममा दर्शकहरुले दोहोर्याएर नाच्ने गरेको उनले बताइन । गत वर्ष गाइएको “पापी घरैमा” बोलको गीतले पनि निकै लोकप्रियता पाएको थियो । जुन गीत पनि नरेन्द्र बस्नेतको शब्दमा गायिका कला पंगेनी र खुमन अधिकारीले स्वर दिएका थिए । बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1