गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपालमा भर्खरै लागू गरिएको नयाँ मुलुकी ऐनका केहि प्रावधानले प्रेस स्वतन्त्रता हनन गरेको भन्दै नेपाल प्रेस युनियन युके शाखाले नेपाली दूतावास लन्डन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारलाई ऐनमा भएका प्रेस स्वतन्त्रता विरोधी ब्यवस्था तत्काल सच्याउन माग गर्दै युनियनले ज्ञापनपत्र बुझाएको हो । शाखाका संयोजक विपिन निरौला र सह संयोजक तथा नेपाल पत्रकार महासंघ युकेका महासचिब संजयभक्त कंडेल र सदश्य सचिव भिम खरेलको अगुवाइमा दुताबासमा पुगेको पत्रकारहरुको टोलीले कन्सुलर तथा प्रवक्ता शरद राज आरनलाई ज्ञापन पत्र बुझाएको हो । नयाँ मुलुकी ऐनको २९३ देखि ३०८ सम्मका दफाहरुले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको छ । प्रेसलाई कसैको अनुमति बिना आवाज भिडियो रेकर्ड गर्ने अधिकार , प्रेसमा अनुमति बेगर फोटो लिन पाउने अधिकार ,बिना अनुमति फोटो लिन, छाप्न र बेच्न पाउने अधिकारको बन्देज लगाएको छ भने , २९८ अनुसार कुनै पनि गैर बेरुजु डकुमेन्टहरु बिधुतिय माध्यममा लिन , पठाउन र पब्लिस गर्नमा बन्देज लगाएको छ भने ३०५ र ३०६ले व्यंग्य र कार्टुन बनाएर खबर सम्प्रेसण गर्न बन्देज लगाएको छ ।
ज्ञापन पत्र बुझ्दै आरनले युनियनले उठाएको मुद्दा र मागहरुलाई सम्बोधन गर्नेगरी नेपाल सरकारलाई पठाउने बताए । भदौ १ गतेबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गर्न नेपालमा पनि युनियनले दबाबमुलक कार्यक्रमहरु भैरहेका छन् ।
नयाँ मुलुकी ऐनको प्रावधान सच्याउन नेपाल प्रेस युनियन यूकेद्वारा दूतावास मार्फत ज्ञापन पत्र
नयाँ मुलुकी ऐनको प्रावधान सच्याउन नेपाल प्रेस युनियन यूकेद्वारा दूतावास मार्फत ज्ञापन पत्र
तपाईको प्रतिक्रिया





