गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, यही सेप्टेम्बर १२ तारिख तदनुसार भाद्र २७ गते बुधवारका दिन विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन समिति बेलायतको संयुक्त आयोजनमा नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको विशेष कार्यक्रम गरिने भएको छ । कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन डीजे लगायत कलाकारको पनि ब्यबस्था गरीएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा उपस्थिती हुनको लागि सम्पूर्ण बेलायतवासी नेपाली दिदीबहिनीहरुलाई विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन समितिले तीजको शुभकामना सहित हार्दिक निमन्त्रणा गरेको छ । लण्डनको साउथहलस्थित लेडी मार्गारेट रोडमा अवस्थित विश्व हिन्दू मन्दिरमा आयोजना गरिने सो कार्यक्राम विहान १० बजेदेखि सांझा ५ बजेसम्म संचालन हुनेछ ।
विश्व हिन्दू महासंघ बेलायत च्याप्टर पशुपतिनाथ सनातन समिति बेलायत संपर्क :-
श्री बालमुकुन्द जोशी 02087561764
पं. गोविन्द नेपाल 07946727164
पं चिरंजीवी ढकाल 07946599795
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण पौडेल (गाऊँले) 07916733773
पं. शेखर काफ्ले 07402945383
श्री होमनाथ पौडेल 07888673660





