गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेपालमा भर्खरै लागू गरिएको नयाँ मुलुकी ऐनका केहि प्रावधानले प्रेस स्वतन्त्रता हनन गरेको भन्दै पत्रकार महासंघ बेलायत शाखाले नेपाल सरकारलाई एक ज्ञापन पत्र बुझाएको छ । लण्डनस्थित नेपाली दूतावास मार्फत बुधबार नेपाल सरकारका प्रधानमन्न्त्री र संघीय संसदका सभामुखलाई एक ज्ञापनपत्र पठाउंदै शाखाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि संिवधानले गरेको प्रत्याभुतिलाई नयां ऐनहरुले खतरामा पार्न सक्नेतर्फ ध्यानकार्षण गराएको छ ।
३ बुंदे मागहरु समावेश ज्ञापनपत्र शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख तथा प्रवक्ता शरदराज आरनलाई हस्तान्तरण गरेका थिए । ज्ञापनपत्र बुझ्दै दूतावासका उपप्रमुख आरनले ज्ञापनपत्र तत्काल सम्बन्धित निकायहरुमा पठाउने आश्वासन दिए । शाखाले ज्ञापनपत्रमार्फत अघि सारेका जायज मागहरुको सम्बोधन हुने आशा समेत उनले व्यक्त गरे । शाखाका वरिष्ठ उपाध्यक्ष अर्यालले महासंघ केन्द्रको निर्णयअनुसार बेलायतस्थित शाखाका सम्पुर्ण सदस्यहरुबाट आएका राय, सुझावलाई समेटेर ज्ञापनपत्र बुझाइएको बताए ।
ज्ञापनपत्र बुझाउनुअघि महासचिव सञ्जयभक्त कंडेलले ज्ञापनपत्र वाचन गरेर सुनाएका थिए । ज्ञापनपत्र बुझाउन शाखाका वरिष्ठ उपाध्यक्ष अर्याल, महासचिव कंडेल, उपमहासचिव नरेन्द्र बस्नेत, संस्थापक सदस्य विपिन निरौला लगायतका पत्रकारहरुको टोली लण्डन दूतावास पुगेको थियो । ज्ञापनपत्रमा शाखाका अध्यक्ष नरेश खपांगी मगर र महासचिव सञ्जयभक्त कंडेलले हस्ताक्षर गरेका छन् ।
पत्रकार महासंघ यूकेद्वारा लन्डन दूतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र
पत्रकार महासंघ यूकेद्वारा लन्डन दूतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र
तपाईको प्रतिक्रिया





