गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, लोक तथा दोहोरी गायिका कला पंगेनी तीज कार्यक्रमको लागि अहिले लण्डन आएकीछन् । बेलायतमा हुने विभिन्न तीज कार्यक्रमहरमा सहभागिता जनाउनुका साथै नरेन्द्र बस्नेतको लय शब्द अनि लोकप्रिय गायक बद्रि पंगेनीको साथमा गायिका कला पंगेनीले गाएको यसपालीको तीज गीत “चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीतको नेपाली दूतावास लन्डनमा एक विशेष कार्यक्रमका साथ यहि सेप्टेम्बर ८ तारिखका दिन विमोचन समेत गरिने छ । उनले ३ सेप्टेम्बर सोमबारका दिन बेलायतको बर्मिंगहमस्थित ह्याग्ली रोडमा अवस्थित रिजेनी ब्यांकेटिंग हलमा हरितालिका तीजको अवसर पारेर शान्ति नेपाली समाजले आयोजना गरेको तीज कार्यक्रममा सहभागी जनाइसकेकी छन् ।
गायिका कला पंगेनीले आफ्नै तीज गीतहरु पापी घरैमा र चिटिक्कै मलाइ सुहायो बोलका गीत गएर दर्शकहरुको मन जित्न सफल भएकी थिइन् । तीज कार्यक्रमको साथै तीज गीत प्रतियोगिता समेत राखिएको उक्त कार्यक्रममा ७ सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरु गायक विमलराज क्षेत्री, रमेशराज भट्टराई, कला लम्साल र सिर्जु अधिकारीले पनि आ-आफ्ना प्रस्तुतिहरु पेश गरेका थिए । आगामी सेप्टेम्बर ८ तारिखका दिन नेपाली दूतावास लन्डनद्वारा आयोजना गरिएको तीज कार्यक्रमको निमंत्रणामा सहभागी हुनेछिन भने सोहि दिन लन्डनस्थित फेल्थम एसेम्ब्ली हलमा नेप्लिज लेडिज कम्युनिटी हंस्लोद्वारा आयोजना गरिएको तीज कार्यक्रममा सहभागी हुनेछिन ।
[embedyt] https://www.youtube.com/watch?v=y2J_JuYnc5w[/embedyt]





