बागलुङ वजारमा संचालित औषधी पसलहरुले अवैधानिक तवरले औषधी बिक्री, वितरण गरेको पाईएको छ ।
बागलुङ नगर अनुगमन समितिको संयोजनमा गरिएको अनगुमनमा अधिकाश औषधी पसलहरुले नियम विपरित संचालन भएको पाईएको हो ।
धेरैजसो पसलले कानुन बमोजिमका प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ ।
यस्ता कतिपय पसलहरूमा लागू तथा मनोदिपक औषधी बिक्री भइरहेको, औषधी बिक्रीको अभिलेख दुरुस्त नरहेको, दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको छ ।
औषधी पसलवालाले विक्रि वितरण विल नदिने, विक्रि गरिएको औषधीको अपडेट नगरिएको बागलुङ नगरपालिका वजार अनुगमन समितिका वजार अनुगमन अधिकृत युक्त प्रसाद सुवेदीले बताउनुभयो ।
अनुगमनका क्रममा डाक्टरको सिफारिस विना विक्रि वितरण गर्न नमिल्ने औषधी समेत राखिएको, लागु तथा मनोदिवक औषधीका रेकर्ड दुरुस्त नभएको, औषधीलाई असुरक्षित रुपमा भण्डार गरिएको भेटिएपछि तुरुन्त ब्यवस्थापन मिलाउन सुझाव दिएको क्षेत्रिय अस्पताल पोखराका फार्मेसीस्ट सविन लामिछानेले बताउनुभयो ।
औषधी पसल संचालन गर्ने अनुमती लिएर सम्वन्धीत व्यक्तिले जागिर खाने र अन्य व्यक्तिाई व्यवसाय संचालन गर्न दिने गरेको समेत पाईएकोले अव कडाईका साथ अगाढी वढाउने अनुगमन अधिकृत सुवेदीले बताउनुभयो ।
कुनै औषधी पसलले विना अनुमति ल्याव समेत सञ्चालन गरेको भेटिएको छ । ११ ओटा औषधी पसलहरुको अनुगमन गरेका थिए ।
बागलुङका धेरै औषधी पसलहरु अवैधानिक
बागलुङका धेरै औषधी पसलहरु अवैधानिक
तपाईको प्रतिक्रिया





