‘स्मार्ट स्कूल’का लागि सरसफाइ सम्मेलन

सुर्खेत – ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी नेपालको सहयोग तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको सो सम्मेलनको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गर्नुभएको थियो । उहाँले शिक्षा र स्वास्थ्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक यामलाल घिमेरले सम्मेलनमा चर्पीको प्रयोग, साबुनको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन, सफा वातावरणलगायत विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । चर्पीको पहुँच ६४ प्रतिशत, साबुनको प्रयोगमा ४१, महिनावारी स्वच्छता ५६, सफा पिउने पानीको प्रयोग ५८ तथा सफा वातावरणतर्फ ७१ प्रतिशत लक्ष्य हासिल भएको विद्यालयले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित