Home > Blog > सेतो दरबार ; ऐतिहासिक कथा

सेतो दरबार ; ऐतिहासिक कथा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेरले प्रति रोपनी रु. ६०को दरले ३७५ रोपनी जग्गा खरदि गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झार र बार्दली बार ,इटालीयन मार्बलका टेबल , बेल्जियमका ऐनाहरु ,बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका आठ ओटा स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरु भारतको सोनापुरसम्म रेलद्वारा र सोनापुरबाट भीमफेदीसम्म गाडा ,बग्गी र हात्ती र त्यहाँबाट मानिसद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए । वि.सं. १९९० मा आगलागी भएर ध्वस्त भएको यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरु पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । आगलागी पछि ध्वस्त भएको यो दरबारको केही भागमा हाल एन.आइ.डि.सी.विकास बैंकको कार्यालय रहेको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1