Home > Blog > बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित

बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

ढाका – बङ्लादेश सरकारले बालश्रम निषेध गर्ने कानूनको मस्यौदा सोमबार पारित गरेको छ ।
मस्यौदा कानूनमा बालश्रम गराउनेहरूलाई कडा दण्ड जरिवानाको प्रावधान राखिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्री परिषद् बैठकले सो मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले संवाददाताहरूलाई जानकारी दिनुभयो ।
अहिले पारित भएको “बङ्लादेश श्रम (संशोधन) ऐन” को मस्यौदामा कानूनको बेवास्ता गरी कसैले बालबालिकालाई श्रममा लगाएमा ५००० टाँका अर्थात् ६० अमेरिकी डलर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
मस्यौदामा १४ बर्षदेखि १८ बर्ष सम्मका बालबालिकालाई भने सामान्य कामहरूमा लगाउन सकिने उल्लेख छ ।
अहिले लागु भइरहेको श्रम कानूनमा १२ बर्ष उमेर पुगेपछि सामान्य श्रममा लगाउन सकिने प्रावधान रहेको छ ।
बङ्लादेशका कारखानामा, घरेलुश्रमीकका रूपमा, व्यवसायिक प्रतिष्ठानमा र सडक बालबालिकाका रूपमा बाल श्रमिकहरूको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा नयाँ कानून बनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार बङ्लादेशमा ३२ लाख बालबालिका श्रममा संलग्न रहेका छन् ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1