काठमाण्डौ – चाँगुनारायण नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा फुलब्राइट स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
भक्तपुरको चागुनारायण नगरपालिका ३ मा अवस्थित फुलब्राइट स्कुलले अन्य सहभागी विद्यालयहरुलाई उछिन्दै उक्त स्थान हासिल गर्न सफल भएको हो भने द्वितीय स्थानमा प्रज्ञा इ. स्कुल र तृतीय स्थान साइनिङ इ स्कुलले ओगटेको थियो ।
पहिलो चरणमा चाँगुनारायण नगरपालिकाका तीन ओटा स्रोतकेन्द्रमा आबद्ध विद्यालयहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो र त्यही स्रोतकेन्द्र स्तरीय हाजिरीजवाफमा प्रथम र द्वितीय हुने दुई समूहलाई नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराइएको थियो । चाँगु स्रोतकेन्द्रमा आबद्ध १२ ओटा विद्यालयलाई पनि फुलब्राइट स्कुलले नै पाखा लगाई प्रथम स्थान नै हासिल गरेको थियो ।
कृष्ण माध्यमिक विद्यालय खरिपाटीमा भएको सो हाजिरीजवाफ प्रतियोगितामा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले े विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै मेयर मिश्रले फुलब्राइट स्कुललाई विशेष धन्यवाद ज्ञापन गर्नुका साथै नगरपालिकाको नै सर्वाेत्कृष्ट विद्यालय भनि विद्यालयको खुलेर प्रशंशा गर्नुभएको थियो ।
नगरपालिका स्तरीय हाजिरीजवाफमा फुलब्राइटले मा¥यो बाजी
नगरपालिका स्तरीय हाजिरीजवाफमा फुलब्राइटले मा¥यो बाजी
तपाईको प्रतिक्रिया





