काठमाडौं । कास्की र रामेछापमा भएका छुटाछुट्टै आगलागीबाट करीब ७ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
कास्की पोखरा लेखनाथ महानगरपालिका १९ लामाचौर डेरा गरी बस्ने अन्नपूर्ण गाउँपालिका १ नौडाडा घर भएका गणेश श्रेष्ठको कोठामा ग्यांस लिक भई सोमबार आगलागी हुँदा नगद २ लाख र कोठामा रहेका बिभिन्न सामान समेत जली करीब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
यसैगरी रामेछाप गोकुलगंगा गाउँपालिका ४ बेताली भन्ने स्थानमा कन्यमाया मुङरान्तिको घरमा गएराती आगलागी हुँदा घरमा रहेका अन्नपात, भाँडावर्तन समेत जलेर करीब १ लाख ३५ हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





