भूकम्पपीडितको घर वडा कार्यालयले बनाइदिने

सोलुखुम्बु – भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको हो ।
प्यारालाइसिसले ग्रसित ६५ वर्षीया राईको एक मात्रा जीवनको सहारा छोरा भए पनि उनीसमेत सुस्त भएकाले घर निर्माणमा समस्या भएपछि वडा कार्यालयले सहयोग गर्ने भएको हो । वडाध्यक्ष भुपाल सिं राईले भन्नुभयो, “भूकम्पले घर ध्वस्त बनाएर अनुदान पाए पनि अनुदान लिन र बनाउनका लागि सहजीकरण गर्ने कोही छैन ।”

उहाँको एक जना डल्ले नाम गरेको छोरा छन्, उनी पनि सुस्त, आफू पनि हिँडडुल गर्न सक्नुहुन्न गाउँमा कसैले पनि पत्याउँदैनन् त्यसैले वडाले सहयोग गर्न लागेको हो ।
चार जना छोराछोरीकी आमा पीडित राईको श्रीमान्को समेत ३० वर्ष अघि नै मृत्यु भएको थियो । एक छोरा र दुई छोरीसमेत कहाँ छन् भन्ने कुनै टुङ्गो छैन । उहाँको करीब दुई रोपनी जग्गा छ भने भएको एक तले घरसमेत भूकम्पले क्षति पु¥याएपछि थप समस्या थपिएको छ ।

अधिकांशले घरको डिपिसी सकेर दोस्रो तथा तेस्रो किस्तासमेत लिइसकेको अवस्थामा पीडित राईले वडाध्यक्षको सहयोगमा भर्खर पहिलो किस्ताबापतको अनुदान रकम बुझ्नुभएको छ । करीब तीन वर्षयता प्यारालाइसिसको बिरामी भएपछि हिँडडुल गर्न समस्या भएको रत्नकुमारी राईको भनाइ छ ।
“रकम भए पनि कामदार लगाउनसक्ने क्षमता नभएपछि भूकम्प प्रतिरोधी घर वडाले निर्माण गरिदिने भएको हो”, वडा अध्यक्ष राईले भन्नुभयो, “घर निर्माणका लागि अनुदानको रकम अपुग भए वडाले व्यवस्था गर्नेछ ।”
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित