Home > Blog > भारतीय अधिकारकर्मी सम्मानित

भारतीय अधिकारकर्मी सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ – सामाजिक संस्था रोटरी नेपालले सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेनलाई आज यहाँ सम्मान गरेको छ ।

‘बेटी बचाओ, बेटी पढाओ’ अभियान लिएर पाँच हजार किलोमिटर साइकलयात्रा पूरा गरेकी रोटरियन चोकेनलाई पूर्व मुख्यसचिव एवं रोटरी नेपाल साक्षरता अभियानका अध्यक्ष तीर्थमान शाक्यले सम्मान गर्नुभएको हो ।

भारतको हरियाना सरकारले चोकेनलाई उक्त अभियानका लागि ब्राण्ड एम्बेस्डर नियुक्त गरेको थियो । भारत गुजरातस्थित सोमनाथ मन्दिरबाट साइकलयात्रा प्रारम्भ गर्नुभएकी चोकेनले भारत र नेपालका बाटोमा पर्ने विभिन्न गाउँ र विद्यालयमा बालिका शिक्षा र वृक्षरोपण कार्यमा संलग्न हुनुभएको थियो ।

उहाँले यस पटकको साइकलयात्रा पशुपति मन्दिरमा पुगेर विश्राम गर्नुभएको छ । विश्वका २०० मुलुकमा सञ्जाल रहेको रोटरीले आधारभूत शिक्षा, साक्षरता र वातावरण संरक्षणलाई केन्द्रित गरेर काम गर्दै आएकामा
पछिल्लो समय बालिका शिक्षा र वृक्षरोपणलाई अभियानका रुपमा अघि बढाएको छ । रोटरीले विपन्न वर्गमा शुद्ध खानेपानीको पहुँच बढाउने तथा सरसफाइलाई पनि अभियानको रुपमा सञ्चालन गर्दै आएको छ ।

रोटरी नेपालले गोरखाको बारपाक केन्द्रविन्दु भएरको भूकम्पले क्षति पु¥याएका मुलुकका विभिन्न विद्यालय निर्माणमा समेत योगदान पु¥याइरहेको छ । सहकार्यमा विश्वास राख्ने रोटरीमा विश्वमा १२ लाख आवद्ध छन् भने ३५ हजार भन्दा बढी शाखा रहेको बताइएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1