तीज मनाउन लन्डन आइपुगिन गायिका कला पंगेनी

गोर्खा अँलाइन रेडियो यूके,
लन्डन, नारीहरुको महान पर्व हरितालिका तीजको रौनक बढिरहँदा लोक तथा दोहोरी गायिका कला पंगेनी तिजको कार्यक्रमका लागि लन्डन आइपुगेकीछन् । जापान, कतार लगायतका मुलुकहरुका भ्रमण गरिसकेकी गायिका कला पंगेनीको लन्डन भने पहिलो भ्रमण हो । बेलायतवासी नेपाली दाजुभाई दिदिबहिनिहरुसंग तीजको रमाइलो गर्न निकै उत्साहित रहेकी गायिका कला पंगेनीका तीजका गीतमात्र नभएर लोक गीत, रोइला,पन्चे बाजा, रत्यौली लगायतका थुप्रै गीतहरु लोकप्रिय रहेका छन् । स्टेज कार्यक्रमकी सुन्दरी गायिकाको नामले परिचित कला नेपालमा हुने प्राय: सबैजसो मेला महोत्सवमा व्यस्त रहँदै आएकीछन् । पछिल्लो समयका उनका लोकप्रिय तीज गीतहरु “पापी घरैमा र चिटिक्कै मलाइ सुहायो” बोलका गीतहरु निकै लोकप्रिय बनेका छन् । लन्डनवासी मीडियाकर्मी नरेन्द्र बस्नेतको लय शब्दमा रहेका दुई तीज गीतहरु पापी घरैमा बोलको तीज गीत गायक खुमन अधिकारीसंग र गायक बद्रि पंगेनीको साथमा चिटिक्कै मलाई सुहायो बोलको गीत गाएकी छन् । वर्तमान परिवेशमा भड्किला अर्थात समाजमा विकृती फैल्याउने तीज गीतहरुको ओइरो लागिरहँदा गायिका कलाले भने शंदेशमूलक अनि मौलिक खालका मात्र गीत गाउने गरेको बताउछिन । लन्डनका विभिन्न स्थानहरुमा आफ्नो सांगीतिक प्रस्तुती राख्नुका साथै आफ्नै नयाँ तीज गीत चिटिक्कै मलाई सुहायो बोलको गीतको म्यूजिक भीडीयोको पनि विमोचन गर्ने कार्यक्रम रहेको उक्त गीतका गीतकार नरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

तीज गीत चिटिक्कै मलाई सुहायो र पापी घरैमा ।

[embedyt] https://www.youtube.com/watch?v=Y0eMbobLReE[/embedyt]

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित