न्याय दिए मात्र मुलुक समृद्धिमा जाने

काठमाडौँ – बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताउनुभएको छ ।

जनपीडित साझा चौतारी नेपालले ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वेपत्ता पारिएका पीडित परिवार र कानूनी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गरेर आफूलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताउनुभयो ।

साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले समृद्ध मुलुक बनाउने अभियान पूरा गर्नका लागि आफूहरुलाई न्याय दिनुपर्नेमा जोड दिदैं ‘‘हाम्रा आफन्तको अवस्था अझै अज्ञात रहेको छ, पीडितको मनमा खुशी छैन, जबसम्म हामीले न्याय पाउँदैनौँ तबसम्म मुलुकमा समृद्धि र दिगो विकास हुन सक्दैन’’ भन्नुभयो ।

ओखलढुङ्गाका एकराज वाग्लेले छोरा गोपीकृष्ण वाग्ले २०५६ साल भदौ २९ गते चितवनको टारीबाट बेपत्ता भएकाले अझै अवस्था थाहा हुन नसकेको बताउँदै आफ्नो छोराको अवस्थावारे जानकारी गराउन सरकारसंग आग्रह गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेलले बेपत्ताको स्थिति सार्वजनिक नहुँदा बेपत्ता परिवारको अवस्था दयनीय बन्दै गएको उल्लेख गर्दै सरकारले चाँडै नै बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा १५ कलाकारले द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिको चित्र बनाएका थिए ।

सोही अवसरमा मण्डला थियटरमा बेपत्ता भएका व्यक्तिमा आधारित ‘खबर हराएको तिथि’ नामक नाटकसमेत मञ्चन गरिएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित