हलो जुवा र विभिन्न नेपाली भेषभूषाका साथमा दशौँ नेपाली मेला सम्पन्न

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, महिनौंदेखि घमाइलो रहँदै आएको लन्डनको मौसम एक्कासी सिमसिमे झरीमा परिवर्तन हुँदा पनि बेलायतवासी नेपालीहरुलाई नेपाली मेलामा उपस्थिति हुनको लागि खासै असर पारेन । २६ अगष्ट आइतवार, लण्डनको केम्पटन पार्कमा तमुधिं यूकेले आयोजना गरेको मिनी नेपालको नामले परिचित नेपाली मेलामा पानीमा रुझ्दै भिज्दै र छाता ओढेर भएपनि नेपालीहरुको उल्लेख्य नेपालीहरुको रहेको थियो । बेलायतमा नेपालीहरुद्वारा आयोजना गरिने कार्यक्रमहरु अन्तर्गत गोर्खा कप पछिको अर्को ठूलो कार्यक्रममा नेपाली मेला पर्दछ । सन् २००९ देखि शुरु भएको नेपाली मेलाले एक दशक पूरा गरिसकेको छ । विभिन्न नेपाली संघसंस्था लगायत नेपाली दूतावासको सहकार्यमा हुँदै आएको उक्त नेपाली मेलाको प्रमुख उद्देश्य भावी पुस्तामाझ नेपाली भाषा,कला र संस्कृतिलाई निरन्तरता दिनु र विदेशमा नेपाली परिवेशलाई प्रदर्शन गर्नु रहेको छ । नेपाली मेलामा यसपटक गत वर्षको भन्दा पनि बढि ३७ वटा सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो । जसमध्ये विगतका २ वर्षको विजेता लमजुङ समाज यूकेले यसपटक पुनः सर्वोत्कृष्ट बन्दै लगातार तीन पटक एम्बासडर कप जितेर ह्याट्रिक गरेको छ । झांकीतर्फ सिक्लेस पर्चे समाज यूके दोस्रो र श्री मेश्राम बरम घान्द्रुक वेलफेयर सोसाइटी तेस्रो स्थानमा आउन सफल भए । सांस्कृतिक नृत्यको प्रस्तुतितर्फ भने घान्द्रुक वेलफेयर सोसाइटी यूके प्रथम, लमजुङ समाज यूके दोस्रो र सिक्लेस पर्चे समाज यूके तेस्रो बने । कार्यक्रमको पहिलो औपचारिक चरणमा शुभकामना मन्तव्य दिदैं कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुगाृबहादुर सुवेदीले मेलाले बेलायतबासी नेपालीहरुलाई एकताको सुत्रमा बांध्ने काम गरेको धारण व्यक्त गरे । तमु धिं यूके अध्यक्ष ज्ञाम गुरुङले नेपाली मेला बेलायतका सबै नेपालीको साझा मेला बन्न सफल भएको बताए । त्यसअवसरमा मेलाका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, पर्यटनमन्त्री रविन्द्र अधिकारी र तमु धि यूके संरक्षक एवम गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले पठाएका भीडीयो शुभकामना देखाइएको थियो । तमु धि युकेका उपाध्यक्ष तथा मेला संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बेलायतस्थित विभिन्न कुटनितिक नियोगका प्रतिनिधी, स्थानीय मेयर, काउन्सिलरहरुका साथै नेपाली संघसंस्थाका प्रतिनिधीहरुको अतिथीका रुपमा उपस्थिति थियो । फोटो हेर्न यहाँ क्लिक गर्नुहोला

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित