Home > Blog > पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

मस्को – रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।
विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो ।
यसै बर्षको सुरुमा उहाँको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ ।
उहाँकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक ¥याली हुन लागेको अघिल्लो दिन उहाँलाई अदालतले यस्तो फैसला सुनाएको हो ।
टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताउनुभयो ।
नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उहाँको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रासस-एएफपी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1