एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् ।

बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए ।

उनले भने “बुबा अपाङ्ग हुनुहुन्छ, घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन फुपूले भारतको लखनउ लग्नुभयो त्यहाँका चिकित्सकले रु तीन लाख लाग्छ भनेकाले आफू फर्केर आएको हूँ ।” पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपू खीमा भण्डारीले पनि आर्थिक अभबकै कारण उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गर्नुभयो ।

वृद्धाश्रममा भौतिक पूर्वाधार निर्माण
तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा रहेको केशवराज झुपाकुमारी वृद्धाआश्रमलाई सुरक्षित तथा व्यवस्थित गर्न मूलढोका राख्नुका साथै पर्खालसमेत निर्माण गरिएको छ ।
वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीका अनुसार १०५ मिटर लम्बाइ र सात फिट अग्लो पर्खाल निर्माणका लागि रु सात लाख र मूल ढोकाका लागि रु तीन लाख गरी जम्मा रु १० लाख खर्च भएको छ ।
वृद्धाआश्रमको पूर्वाधार निर्माणका लागि उक्त समाजले गत फागुन २० देखि ३० गतेसम्म महापुराण लगाएर बचत भएको रु २१ लाखबाट अहिले रु १० लाख ती संरचना निर्माणमा खर्च गरिएको र बाँकी रु ११ लाख बचत रहेको बताउनुभयो ।
वृद्धाआश्रमका लागि सभाहल आवश्यक भएकाले बचत रकमका साथै पुनः दाताको खोजी गरी निर्माण गरिने उहाँले जानकारी दिनुभयोे । तुलसीपुर उपमहानगरपालिका–१२ निवासी समाजसेवी नारायण गौतम र उहाँकी धर्मपत्नी शान्ता गौतमले आफ्ना स्वर्गीय बुवा केशवराज गौतम तथा आमा झुपाकुमारी गौतमको स्मृतिमा वृद्धाआश्रम निर्माणका लागि चार वर्ष पहिले दुई बिघा जग्गा दान गर्नुभएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित