भारतमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगितामा २१ स्वर्ण पदक हात पार्दै नेपाल टीम च्याम्पियन बनेको छ ।
भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालले सो उपलब्धि हासिल गरेको प्रमुख प्रशिक्षक अरुणकुमार कार्कीले जानकारी दिए।
अमेरिका, भारत, नेपाल, बंगालादेश, मलेसियासहितका विभिन्न राष्ट्रका खेलाडी सहभागी प्रतियोगितामा २१ स्वर्णसहित १० कास्य र १३ रजत पदक जित्दै नेपाली टोली च्याम्पियन बनेको कार्कीले बताए।
सो प्रतिष्पर्धामा नेपालका बुद्धबहादुर तामाङ, तारा तामाङ, इच्छा राई, मनिस मगर, सन्जु तामाङ र अप्सरा मगरले २÷२ स्वर्ण पदक हात पारे।
त्यसैगरी रञ्जनकुमार सापकोटा, चन्द्रबहादुर भुजेल, शिखा बजगाई, सुहाना कार्की, सुयोग सिग्देल र श्याम तामाङले १÷१ स्वर्ण पदक हात पारे।
सेकेन्ड इन्टरनेशनल पिपुल्स ओलम्पिक खेलमा सहभागी नेपाली खेलाडीमध्ये दौडतर्फ १ सय मिटरमा तारा तामाङ र रञ्जनकुमार सापकोटाले स्वर्ण पदक हात पारेका थिए।
डिसी नेपाल





