एघार घर पहिरोको जोखिममा

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् ।

खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताउनुभयो ।
निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले उक्त वडाका वडाध्यक्ष गमप्रसाद विश्वकर्माले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताउनुभयो । बर्खा रोकिएपछि पहिरो नियन्त्रणको काम गरिने उहाँको भनाइ थियो ।
यसैबीच सोही वडाको जुगेपानीको पहिराले पदमार्ग बगाएपछि स्थानीयबासी पाँच मिनेटको बाटो पार गर्न ३० मिनेट घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने जुगेपानीमा करीब १०० मिटर पदमार्ग पहिरोले बगाएपछि धनमाने, खोरियाका बासिन्दालाई कमेरीखोल्साको घुमाउरो बाटो हिड्नुपर्ने भएको हो ।

अर्बुद्ध रोग पीडितकालागि सहयोग सङ्कलन

फोक्सोको अर्बुद्ध रोगबाट थलिएकी एक महिलाको उपचारमा सहयोग जुटाउने अभियान थालिएको छ ।

रघुगङ्गा गाउँपालिका–१ बेग घर भई हाल जलजला गाउँपालिका–३ पर्वत बेनीमा बस्दै आउनुभएकी ४२ वर्षीया खिमकुमारी शर्मा उक्त रोगबाट पीडित हुनुभएको र आर्थिक अभवका कारण उपचारमा समस्या भएपछि लायन्स क्लब अफ बेनी मल्लाजले सो अभियान शुरु गरेको हो ।

काठमाडाँैको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएकी शर्माका लागि एकै दिनमा रु ९० हजार सहयोग जुटेको क्लबका अध्यक्ष श्रीलाल चापागाईंले जानकारी दिनुभयो ।

हालसम्म रु नौँ लाख खर्च भइसकेको र चिकित्सकले उपचारका लागि रु ८० लाख आवश्यक पर्ने बताएकाले आर्थिक सहयोग गरेर श्रीमतीको जीवन बचाइदिन शर्माका श्रीमान् फणेन्द्र आचार्यले आग्रह गर्नुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित